रविको पक्षमा चितवनमा रास्वपाको खबरदारी सभा

डिसी नेपाल
२० मंसिर २०८१ १३:३६
244
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा खबरदारी सभा आयोजना गरेको छ।

सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयमा बयान दिन पुगेका पार्टी सभापति रवि लामिछानेको बयान सकिएसँगै बिहीबार बिहान पोखरा लगिएको विरोधमा रास्वपाले खबरदारी सभा गरेको हो।

रास्वपाले रविलाई रातारात पोखरा लैजानु मानव अधिकार विपरित भएको जनाएको छ। बुधबार चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो। झडपमा दुवैतर्फ केही घाइते भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *