‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तक प्रकाशन

डिसी नेपाल
२३ मंसिर २०८१ ७:१२
28
Shares

काठमाडौं। भगवान् पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथका बारेमा जिज्ञासुको जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’ नामक पुस्तक प्रकाशन गरिएको छ।

श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकमा पाँचवटा खण्ड समावेश गरिएका छन्। प्रतिष्ठानको यो पाँचौं प्रकाशन हो। पुस्तकको पहिलो खण्डमा स्तुति, दोस्रो खण्डमा तत्व दर्शन, तेस्रो खण्डमा उपासना, चौथो खण्डमा इतिहास-संस्कृति र पाँचौं खण्डमा अनुसूची समावेश गरिएको छ। स्तुति खण्डमा ३७ स्तुति समावेश गरिएका छन्। तत्व दर्शन खण्डमा विभिन्न विद्वानका २५ लेख समावेश गरिएको छ। उपासना खण्डमा १८ लेख, इतिहास–संस्कृति खण्डमा इतिहास र संस्कृतिसँग सम्बन्धित विभिन्न विद्वानका २१ लेख समावेश गरिएको छ।

पशुपति क्षेत्रका स्थापित देवीदेवता, गुह्येश्वरीपीठ, पशुपति क्षेत्रका जात्रापर्व, रामायणमा भगवान् श्री पशुपतिनाथ र पाशुपत क्षेत्र, भगवान् श्री पशपतिनाथको मन्दिर र परिसर क्षेत्रको संक्षिप्त परिभ्रमण, नेपालमा पाशुपत धर्मको विकास, सर्वधर्मसमभावका प्रतीक भगवान् श्रीपशुपतिनाथ, पशुपति क्षेत्रको धार्मिक पर्यटन, श्रीपशुपतिनाथको पुजारी परम्परा, प्राचीन नेपालमा पाशुमत, त्वं शङ्करोऽसि भुवनत्रयशंकरत्वात्, पशुपति क्षेत्रका केही प्राचीन शिवलिङ्ग, वेदमा रुद्र र पशुपति, पुराणमा पशुपति-चिन्तन, नेपाली स्थापत्यविधामा श्रीपशुपति मन्दिर, विश्व सम्पदाको रूपमा श्रीपशुपति मन्दिर, पशुपति परिसरका देवीदेवता, वाग्मती र पशुपति, शिव महापुराणमा श्रीपशुपतिनाथ, भगवान् श्री पशुपतिथान तथा पशुपति मुद्राजस्ता विषयमा लेख समावेश गरिएको छ।

पाँचौं खण्डमा पाशुपतत्रसूत्रम्, श्रीमच्छङ्काचार्यविरचितम् श्रीपशुपति पूजा विधाननम, पाशुपतदीक्षा, पशुपति क्षेत्रमा अग्निहोत्र परम्परा, पशुपति क्षेत्रको भौतिक स्वरुप र मूर्त सम्पदाहरु, वैदिक सनातन धर्ममा आरतीको महिमा, विभिन्न कार्यक्रम एवं गतिविधिको तस्बिर संकलन गर्न पाइने जनाइएको छ । पुस्तक एक हजार एक सय ६४ पृष्ठको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *