आज तीनवटा संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
२३ मंसिर २०८१ ७:३६
72
Shares

काठमाडौं। प्रतिनिधिसभाका दुइ समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज तीनवटा समितिको बैठक बस्नेछ।

जसअनुसार राज्य व्यबस्था समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।

राज्य ब्यवस्था समितिमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग सांसदहरूले छलफल गर्नेछन्। जुन बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ।

उता, शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो २ बजेबाट सुरू हुनेछ। बिधायन ब्यवस्थापन समितिको बैठकमा भने नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल हुनेछ, सो बैठक दिउँसो २ः३० बजे बस्नेछ। तीनवटै समितिको बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *