कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

डिसी नेपाल
२९ असोज २०८३ १८:०६
52
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा मनोजमणि आचार्यले आफ्नो अग्रता कायम राखेका छन्।

प्राप्त पछिल्लो विवरणअनुसार कुल ४ हजार ६ सय मत गणना सम्पन्न हुँदा आचार्यले १ हजार ६५७ मत प्राप्त गर्दै शीर्ष स्थान बनाएका हुन्। उनलाई प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १ हजार ४७६ मतका साथ पछ्याइरहेका छन्।

हालसम्मको मतगणनामा आचार्य आफ्ना निकटतम प्रतिस्पर्धी केसीभन्दा १८१ मतले अगाडि रहेका छन्। सहमहामन्त्री (खस आर्य) पदमा एक जना मात्रै निर्वाचित हुने प्रावधान रहेकाले आचार्य र केसीबीच नै तीव्र तथा रोचक प्रतिस्पर्धा देखिएको छ।

त्यस्तै, खस आर्यतर्फकै सहमहामन्त्री पदका अन्य उम्मेदवारहरूमध्ये दिनेश कोइरालाले ८८८ मत प्राप्त गरी तेस्रो स्थानमा छन् भने शुभराम बस्नेत ३१६ मतका साथ चौथो स्थानमा रहेका छन्।

गणना गरिएको ४ हजार ६ सय मतमध्ये चुनावी मैदानमा रहेका चार उम्मेदवारहरूले कुल ४ हजार ३३७ मत प्राप्त गरेका छन्। बाँकी मतको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयनका लागि भइरहेको निर्वाचनअन्तर्गत अन्य पदहरूसँगै सहमहामन्त्री पदको पनि मतगणना कार्य जारी रहेको छ। खस आर्य क्लस्टरतर्फको अन्तिम मतपरिणाम घोषणा भएपछि मात्रै निर्वाचित हुने उम्मेदवारको औपचारिक टुङ्गो लाग्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *