अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु काठमाडौंमा

डिसी नेपाल
२३ मंसिर २०८१ १४:१९
80
Shares

काठमाडौं। मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आएका छन्। उनी छिमेकी मुलुक भारत र श्रीलंका भ्रमण सकेर नेपाल आएका हुन्। चिनियाँ मूलका अमेरिकी कूटनीतिज्ञ लु तीनदिनसम्म नेपालमा रहने छन्।

सहायक परराष्ट्रमन्त्री लुले नेपालमा रहँदा नेपाली नेताहरूका साथै नागरिक समाजसँग अन्तरक्रिया गर्नेछन्। उनले पत्रकार भेटघाटसमेत राखेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ। लुको भ्रमणले पर्यावरण संरक्षण, महिला सशक्तीकरण, संस्कृति संवर्द्धन र दिगो विकासका श्रेत्रमा नेपाल र अमेरिकी सहकार्यलाई अझ सुदृढ बनाउन भूमिका खेल्ने विश्वास दूतावासले लिएको छ।

दूतावासले भनेको छ, ‘यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण, र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्य गर्नेछ ।’ उनले युवासँग साक्षात्कार गर्ने पनि बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *