भ्रातृ संस्थाको महाधिवेशन गर्न कांग्रेसले प्रदान गर्‍यो जिम्मेवारी

डिसी नेपाल
२६ मंसिर २०८१ १७:२२
148
Shares

काठमाडौं । नेपाली कांग्रेसले ८ भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्देशन समिति गठन गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम २०८१ चैत मसान्तसम्म अनिवार्य रुपमा महाधिवेशन सम्पन्न गराउने गरी कांग्रेसले निर्देशन समिति गठन गरेको हो।

कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघको महाधिवेशन तोकिएकै समयमा गराइसक्न सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९)बमोजिम समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *