दुर्गा प्रसाईंका छोराले सर्वोच्चमा पुन: दर्ता गरे बन्दी प्रत्यक्षीकरण निवेदन
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट पुन: सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको छ।
प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजनले बुधबार बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका हुन्।
जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्ने आदेश गरे पनि प्रहरीले अन्य अभियोगमा अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ गरेर म्याद थप गरेपछि प्रसाईंका तर्फबाट बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरिएको हो।
यसअघि उनले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएकोमा निवेदन खारेज भएको थियो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment