चार जना मृत फेला

डिसी नेपाल
३ पुष २०८१ १२:१६
92
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित छुट्टाछुट्टै स्थानमा चार जना मृत फेला परेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल भाइरल प्लानिङ बस्ने काभ्रे चौरी देउराली गाउँपालिका–६ घर भएका ३२ वर्षीय निमा तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका–२५ बांगेमुढा डेरा गरी बस्ने ४५ वर्षीया पुनम गुरुङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बाराको फेटा गाउँपालिका–२ जगतपुर डेरा गरी बस्ने भारत बिहार घर भएका ५० वर्षीय संजिब कुमार झा पनि आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

सप्तरीको राजगढ गाउँपालिका-२ बनिनियास्थित कुलोमा भारत दरभंगा ग्राम पंचायत सयामपुर बस्ने ५५ वर्षीय श्रीकान्त लाल देव मंगलबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *