श्रीमती कुट्दा प्रहरी खोरमा
काठमाडौं । मुगुमा श्रीमतीमाथि कुटपिट आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका–११ का २८ वर्षीय कृष्ण कुमाई छन्।
गएको कात्तिक २० गते कुमाईले श्रीमती पदमकला साउदमाथि आक्रमण गरेको उजुरीपछि प्रहरीले कुमाईलाई मंगलबार पक्राउ गरेको हो।
साउद गाई चराउन जंगलमा गएका बेला उनले त्यहीँ पुगेर दाउराको चिर्पट प्रहार गरेका थिए। चिर्पट लागेर उनी बेहोस भएपछि कुमाई भागेका थिए। बेहोस साउदलाई वडाध्यक्ष कन्जुमा कुमाईले उद्धार गरी जिल्ला अस्पताल पुर्याएका थिए।
गएको बिहीबार राति पुनः मदिरा सेवन गरेर कुमाईले श्रीमतीमाथि कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment