विदेश पठाउने प्रलोभनमा २२ लाख ठगी, दुई जना पक्राउ

डिसी नेपाल
३ पुष २०८१ १७:१४
336
Shares

काठमाडौं । विदेश पठाउने भन्दै २२ लाख रुपैयाँभन्दा बढी रकम ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको गणेशमान चारधाम नगरपालिका–४ घर भएका ३८ वर्षीय राजकुमार चौधरी, धनुषाकै मटिहानी नगरपालिका–९ घर भएका ३९ वर्षीय रुपेश कुमार चौधरी छन्।

राजकुमारलाई काँडाघारी र रुपेशलाई टेकुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

राजुले २ जनाबाट ६ लाख ३० हजार र रुपेशले १ जनाबाट १६ लाख रुपैयाँ ठगी गरेको उजुरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *