दाउरा प्रहार गरी श्रीमतीको हत्या
दाङ । दाउराले प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
३२ वर्षीया हस्ती कुमारी बुढाथोकीको हत्या अभियोगमा तुलसीपुर उपमहानगरपालिका–२ भम्केस्थित एकताटोल बस्ने २९ वर्षीय चित्रबहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उनले घरको बैठक कोठामा दाउ प्रहार गर्दा हस्तीकुमारीको घटनास्थलमै मृत्यु भएको थियो। हत्या सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment