रुखले च्यापिएर ककनीमा एक जनाको मृत्यु
नुवाकोट । नुवाकोटको ककनीमा रुखले च्यापिएर एक जनाको ज्यान गएको छ।
ककनी गाउँपालिका -४ नियालेका ४० वर्षीय भीमबहादुर तामाङको आफैँले काटेको रुखले च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
स्थानीय शुक्रबहादुर लामाको बारीमा रहेको उत्तिसको रुख काट्ने क्रममा सोही काटिएको रुखले थिचेर उनी गम्भीर घाइते भएकोमा उपचारको लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतकको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टम गरी बुधबार बेलुकी नै अन्तिम संस्कार गरिसकिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment