एनपिएलः फाइनल पुग्न जनकपुरले पायो एक सय १९ रनको लक्ष्य

डिसी नेपाल
४ पुष २०८१ १४:०७
160
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई एक सय १९ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १८ रन बनाएको हो।

कर्णालीको लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाउँदै ओपनर देव खनालले २४ रन बनाएर आउट भए। विलियम बोसिस्टो १४, जिसान मक्सुद र युनिस ठकुरीले समान १२/१२, चाडविक वाल्टनले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यता, बलिङतर्फ जनकपुरका लागि ललितनारायण राजवंशी , जिमि निसम र मोहम्मद मोहसिनले समान दुई विकेट लिए। हर्ष ठाकेर र शेर मल्लले समान एक विकेट हात पारे।

कर्णाली एलमिनेटरमा चितवनलाई हराउँदै दोस्रो क्वालिफायमा स्थान बनाएको हो भने जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै दोस्रो क्वालिफायरमा आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *