विपन्न परिवारलाई निःशुल्क मिटरबक्स वितरण

डिसी नेपाल
२ भदौ २०७६ ९:१८

जाजरकोट । नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क रूपमा विजुलीको मिटरबक्स वितरण गरेको छ। सो नगरपालिका को १, ३, ४, १०, ११, १२ र १३ वडाका विपन्न परिवारलाई ती वडा कार्यालयले गरेको सिफारिशका आधारमा ४९३ थान मिटर निःशुल्क रूपमा वितरण गरिएको हो।

विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले उज्यालो नेपाल कार्यक्रमअन्तर्गत सबैको घरको अन्धकार हटाउन प्राधिकरणको केन्द्रीय योजनाअनुसार मिटर बक्स निःशुल्क वितरण गरिएको जानकारी दिए। यो अभियानले विद्युत् चोरीको अन्त्य हुने उहाँले आशा व्यक्त गरे ।

वडा नं १ का वडाध्यक्ष दीपक रानाले सधैँ आसपासका धनी मानिसको घरको उज्यालो हेरेर बस्नु पर्ने परिस्थिति अन्त्य गर्न विद्युत्ले निकै उदारणहरणीय भूमिका निर्वाह गरेको बताए। यसअघि प्राधिकरणले आफ्नो कार्य क्षेत्रअन्तर्गत पर्ने सुर्खेतको सिम्ता गाउँपालिकामा पनि निःशुल्क मिटर बक्स वितरण सकिसकेको छ।

जिल्लामा एउटा मिटर बक्सको मूल्य सेवा शुल्कसहित रु दुई हजार ५०० पर्छ । त्यो जडान गर्न आवश्यक तारसहित सबै जोडेर एउटा मिटर बक्सको कूल रु चार हजार २०० देखि चार हजार ५०० सम्म पर्ने खड्काले बताए। पहिला हामी नगरपालिकाका विकट बस्तीमा वितरण गर्न थालेको बताए । विद्युत्को लाइन विस्तार कार्य जारी रहेकाले मिटर बक्स वितरण कार्यसँगै बढेको खड्काको भनाइ छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *