सुर्खेतमा कोइला बालेर सुतेका आमा र छोराको निसासिएर मृत्यु

डिसी नेपाल
४ पुष २०८१ २०:०३
116
Shares

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कोठाभित्र कोइला बालेर सुतेका आमा र छोराको निसासिएर मृत्यु भएको छ। वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोइला बालेर सुतेका आमा, छोरा र छोरीमध्ये आमा-छोराको ज्यान जाँदा छोरी घाइते भएकी छन्।

मृत्यु हुनेमा ३० वर्षीय देवीसरा थापा घर्ती र ६ वर्षीय रियान घर्ती छन्। गम्भीर घाइते ९ वर्षीया रिया घर्तीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बुधबार राती खाना खाएर सुतेका तीनै जना बिहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोडेर उनीहरूलाई तत्कालै अस्पताल लगे पनि चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *