यु–१६ मैत्रीपूर्ण खेलमा भूटानसँग नेपाल पराजित
काठमाडौं। यु–१६ टोलीसँगको मैत्रीपूर्ण खेलमा भूटानसँग नेपाल पराजित भएको छ।
दशरथ रंगशालामा आज भएको खेलमा भूटानले नेपालमाथि ५–१ को जित निकालेको हो। भूटानले खेलको पहिलो ‘हाफ’ मा नै ३–० गोलको अग्रता लिएको थियो। यस्तै, खेलको दोस्रो ‘हाफ’मा भूटानले फेरि दुई गोल थप्यो।
नेपालले भने खेलको अन्तिमतिर एक सान्त्वना गोल फर्कायो। खेलको २५औँ मिनेटमा भूटानकी सोनाम छोगेलले गोल गरिन्। त्यसपछि भूटानका लागि कप्तान छिरिङ ल्हामोले खेलको ३५ र ४०औँ मिनेटमा दुई गोल गरिन्। खेलको ६६औँ मिनेटमा छोगेलले दोस्रो गोल गरिन्। खेलको ८४औँ मिनेटमा उगेन सोमोले पेनाल्टीमा गोल गरिन्।
नेपालका लागि सविना तामाङले खेलको ८७औँ मिनेटमा सान्त्वना गोल फर्काइन्। अब नेपाली यु–१९ टोलीले यही पुस ७ गते आइतबार भूटानी यु–१९ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment