तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मुल्य पनि ३० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment