क्लोजअप बन्यो भ्वाइस अफ नेपालको मुख्य प्रायोजक, संगीत क्षेत्रमा फ्रेश प्रतिभाको खोजी

डिसी नेपाल
७ पुष २०८१ १४:०३
176
Shares

काठमाडौं। युनिलिभर नेपालको लोकप्रिय ब्राण्ड क्लोजअप (Closeup)ले यसपटक भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने सम्झौता सम्पन्न गरेको छ। आत्मविश्वास र ताजापनको प्रतीक मानिने क्लोजअप (Closeup)ले नेपाली संगीत क्षेत्रको एउटा ठुलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको हो।

भ्वाइस अफ नेपाल, आफ्नो सुरुवात कालनै नयाँ र फ्रेश गायक–गायिकाहरुको प्रतिभा उजागर गर्दै उनीहरुलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउने उद्देश्यले अग्रसर हुँदै आएको छ र यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गईरहेको छ। क्लोजअप (Closeup) र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगिहरुमा समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास गरिएको छ।

यसै समारोहका बीच युनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जीत भन्छन्-क्लोजअप(Closeup) सधैं आफ्ना उपभोक्तालाई आत्मविश्वास र ताजापनको महसुस गराउन समर्पित छ । भ्वाइस अफ नेपालसँगको सहकार्यले यस सन्देशलाई अझ व्यापक बनाउँदै नेपाली संगीतप्रेमीहरुको मन मुटुमा स्थान बनाउने हाम्रो प्रयास हो।

भ्वाइस अफ नेपालको आयोजक टोलीले पनि क्लोजअप (Closeup)सँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै भन्छन्- यो साझेदारीले आयोजक र प्रतियोगी दुवैलाई थप प्रेरणा र हौसला प्रदान गर्नेछ ।

यो साझेदारीले नयाँ पुस्ताको प्रतिभा निखार्ने र संगीत क्षेत्रलाई थप ऊर्जाशील बनाउने मार्गहरु उजागर गर्नेछ ।  यसैगरी क्लोजअप (Closeup) ले यस अगाडी पनि आत्मविश्वास बढाउने खालका थुप्रै कार्यक्रममा आफ्नो सशक्त उपस्थिती राख्दै आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *