वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन

डिसी नेपाल
७ पुष २०८१ २०:०८
44
Shares

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा ६४ अर्ब ५९ करोड ५१ लाख २५ हजार राजस्व संकलन गरेको छ।

कार्यालयले कुल वार्षिक लक्ष्यको पाँच महिनाको अवधिमा २९ दशमलव ५० प्रतिशत राजस्व संकलन गरेको हो। कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको साउन महिनामा १२ अर्ब १६ करोड ३२ लाख राजस्व संकलन गरेको छ।

भदौ महिनामा १३ अर्ब ४३ करोड १० लाख, असोज महिनामा १३ अर्ब ४३ करोड र कात्तिक महिनामा ११ अर्ब १० करोड ५२ लाख राजस्व संकलन गरेको थियो। तर मङ्सिर महिनामा भने १४ अर्ब ४१ करोड ५९ लाख राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने राजस्व संकलन दुई अर्ब ५९ करोड १६ लाख ३० हजार बढेको छ। कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा भने ६२ अर्ब ३४ लाख ९५ हजार राजस्व संकलन गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *