रास्वपाले भन्यो- रविको सांसद पद निम्बनको पत्र राजनीतिक पूर्वाग्रह प्रेरित

डिसी नेपाल
७ पुष २०८१ २१:०९
1.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बनका लागि पठाइएको पत्र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएको छ।

लामिछानेको सांसद पद निलम्बनका लागि संघीय संसद् सचिवालय पत्र पुगेपछि रास्वपा नेता दीपक बोहराले सामाजिक सञ्जालमार्फत कानुनको गलत व्याख्या गर्दै रविलाई सांसदबाट निलम्बन गर्न खोजिएको आरोप लगाएका छन्।

‘रानीतिक पूर्वाग्रहबाट प्रेरित भएर सांसद निलम्बन गर्न खोजिएको स्पष्ट देखियो। सम्पत्ति शुद्धीकरण ऐन, २०६४ र प्रतिनिधिसभा सञ्चालन नियमावली, २०७९ को गलत व्याख्या गरिएको छ। सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ ले पद निलम्बन हुनेमा जनप्रतिनिधि नभइ राष्ट्रसेवक उल्लेख छ,’ उनले भने।

प्रतिनिधिसभा सञ्चालन नियमावली, २०७९ को दफा २४८ (३) अनुसार सांसद पद निलम्बन हुन पुर्पक्षका लागि थुनामा बस्नैपर्ने उनको जिकिर छ। अहिले रवि लामिछाने न्यायिक हिरासतमा मात्र रहेको भन्दै रविलाई सांसदबाट निलम्बन गर्न नमिल्ने उनको जिकिर छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *