सेभियामाथि रियल म्याड्रिडको शानदार जित
काठमाडाैं। रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत महत्वपूर्ण जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले सेभियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे, फेडेरिको भालभर्डे, रोड्रीगो र ब्राहिम डियाजले एक एक गोल गरेका थिए। त्यसैगरी सेभियाका लागि इसाक रोमेरो र डोडी लुकेबाकीले एक एक गोल गरेका थिए।
यो जितपछि रियल म्याड्रिड ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ। रियल म्याड्रिडको १८ खेलमा ४० अंक भएको छ र शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडभन्दा एक अंकले मात्र पछाडी रहेको छ।
त्यस्तै बार्सिलोना भने एक खेल बढी खेलेर १९ खेलमा ३८ अंकसहित तेस्रो स्थानमा झरेको छ। त्यसैगरी सेभियाको भने १८ खेलमा २२ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment