एनओसी अध्यक्षमा तीन जनाको उम्मेदवारी
काठमाडौं। नेपाल ओलम्पिक कमिटिको अध्यक्षमा तीन जनाले उम्मेवारी दिएका छन्। अध्यक्षका लागि पछिल्ला दुई कार्यकाल पूरा गरिसकेका जीवनराम श्रेष्ठका साथै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका तेजबहादुर गुरुङ प्रतिस्पर्धामा छन्।
आगामी शनिबार हुने निर्वाचनका लागि अनलाइनमार्फत उम्मेदवारी दार्ता गर्न सोमबार अन्तिम मिति थियो। यसैगरी सात उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष एवं टेनिस संघकी अध्यक्ष ज्योती राणासहित ९ जनाको उम्मेदवारी परेको छ।
पौडीका अशोकरत्न बज्राचार्य, टेबलटेनिसका चतुरानन्द बैद्य, तेक्वान्दोका प्रकाशसम्शेर राणा, हक्कीका अनिल शर्मा, कबड्डीकी तुलशा थापा, जुडोका दीपकहर्ष बज्राचार्य ,सुटिङका पुश्पदाश श्रेष्ठ र साइक्लिङका गाेपाल सुन्दरलाल कशापतीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्।
महासचिवमा नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ निर्विराेध निवार्चित भएका छन्।
त्यस्तै सहमहासचिवमा ब्याड्मिन्टनका रामजीबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा गल्फका टासी घलेको मात्र तीन सचिव पदका लागि आर्चरीका रमेश सिवाकोटी, बास्केटबलका भिमसिंह गुरुङ र भारोत्तोलनका रामकृष्ण श्रेष्ठ (बोस) पनि निर्विराेध चुनिएका छन् ।
यता सदस्यमा जिम्न्यास्टिककी गिता राणा, फुटबलका मनिष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले निर्विराेध चयन भएका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment