नेपाल आइडलका विजेता करण परियारको स्वरमा ‘धड्कन’ सार्वजनिक
काठमाडौं। नेपाल आइडलका विजेता गायक करण परियारको स्वरमा धड्कन गीत सार्वजनिक भएको छ। गीतमा करण परियार सँगै प्रतिमा केसीको स्वर रहेको छ।
गीतको भिडियोमा सहित सिंह ठकुरी र लक्ष्मी सुनुवारको अभिनय रहेको छ। भिम प्रसाद पौडेलको शब्द रहेको गीतमा संगीत भद्र ओलीको रहेको छ। भिडियोको निर्देशक विक्रम चौहानले गरेका छन् भने मोडल साहित सिंह ठकुरी र लक्ष्मी सुनारको अभिनय रहेको छ।
त्यस्तै, मिक्सिङ र मास्टरिङमा कुमार सानु पुन, रेकर्डिङमा सागर पुन र स्टुडियो संकरा डिजिटलको रहेको छ। गीत सुनगाभा प्रोडक्सन युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment