जीवनराम श्रेष्ठ एनओसीको अध्यक्षमा तेस्रो पटक निर्वाचित

डिसी नेपाल
१४ पुष २०८१ ७:५९
804
Shares

काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार भएको अनलाइन निर्वाचनमा खसेको २० मत मध्ये श्रेष्ठले २० मत प्राप्त गरी निर्वाचित भएका हुन्। योसँगै श्रेष्ठ तेस्रो पटक एनओसीमा निर्वाचित भएका हुन्।

तर, मताधिकार प्रयोग गर्न सक्ने ७ सदस्य भने मतदान प्रकियामा सामेल भएनन्। अदालतको अन्तरिम आदेश तथा आन्तरिक कलहका बीचमा श्रेष्ठले तेस्रो कार्याकालका निर्वाचित भएका हुन्।

उता, ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का प्रतिनिधि पनि अनलाइनबाट जोडिएको उपाध्यक्ष गोपाल सुन्दर कक्षपति दावी गरेका छन्। ओसिएले निर्वाचनलाइ बैधानिकता दिएको उनको दावी छ।

सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेका कारण चुनाव अनलाइन माध्यमबाट गरिएको एनओसी नेतृत्वले जनाएको छ। अदालतले स्टे अर्डर जारी गरेका कारण प्रहरीले हस्तक्षेप गरेपछि सोमबार उम्मेदवारी दर्ता प्रकृया पनि अनलाइन माध्यमबाटै गरिएको थियो।

यसअघि श्रेष्ठ दुई कार्यकाल महासचिव तथा दुई कार्यकाल अध्यक्षका रुपमा नेतृत्व गरिसकेका छन्। जसका कारण एनओसीको मूल नेतृत्वलाई चयन भएको यो लगातार तेस्रो पटक हो।

श्रेष्ठका प्रतिस्पर्धी वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले एक मत पनि प्राप्त गर्न सकेनन्। अन्य पदाधिकारी र कार्यसमितिका सदस्यहरू यसअघि नै निर्बिरोध निर्वाचित भइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *