महिलामा बढी देखिने ‘ढाड बाथ’ रोगबाट यसरी बचौँ

डिसी नेपाल
३ भदौ २०७६ ५:४४

काठमाडौँ । बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ ।

बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्। तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो ।

ढाडको बाथ ढाडमा सुजन भएर हुने एक दीर्घ रोग हो । यसले फिला भित्रको जोर्नी, तल्लो ढाड, गर्दन तथा कहिले काँही गर्दन नितम्ब, कुम र हातगोडाका ठुला जोर्नीहरुमा असर गर्दछ।

अन्य खालका ढाड दुखाइ भन्दा यसको फरक खालको विशेषता हुन्छ । ४० बर्ष अगावै सुरु हुन्छ र यो पुरुषहरुमा भन्दा महिलामा बढी देखिन्छ ।

ढाड बाथका लक्षणहरु

-बिहानी पख ढाड दुख्ने

-अरठ्ठ हुने

-आँखामा समस्या हुने

-पेटमा समस्या हुने

-जोर्नीहरु सुनिने

-जोर्नीहरु दुख्ने

-हिप दुख्ने

-विस्तारै मेरुदण्ड बाङ्गिदै जाने

-हात तथा खुट्टाका जोर्नीहरु दुख्ने वा सुन्निने

-कुर्कुच्चाको मुनि वा पछाडि दुख्ने

डाढको बाथ हुने कारणहरु

-(HLA B27 ) भन्ने वंशाणुगत गुण भएका मानिसहरूमा यो रोग देखिने संभावना बढी भएपनि शरीरमा यो वंशाणु हुदैमा हुने र नहुदैमा नहुने भने हुदैन ।

-बिभिन्न संक्रमणहरू जस्तै पेट तथा पिसाबको संक्रमण

-आन्द्राको सुजन हुने रोग

-वातावरणीय तत्व, शरीरको प्रतिरक्षा प्रणाली आदि ।

ढाड बाथबाट बच्ने उपायहरु

-नियमित व्यायाम तथा योग गर्ने (व्यायाम दक्ष फिजियोथेरापिस्ट र योग अनुभवी योग प्रशिक्षकले भनेबमोजिम गर्नुपर्छ तर कडा खालका -शारिरीक खेलकुद तथा व्यायाम गर्नु हुदैन)

-ढाडको बाथका बिरामीले कम्मर, ढाड, नितम्ब, कुम, गर्दनका जोर्नीहरू लचकदार बनाउने, लामो श्वास तान्ने, छाती फुलाउनेजस्ता कसरतहरू, कपालभाती, अनुलोम बिलोम गर्नु उपयुक्त मानिन्छ ।

-ढाडको बाथ भएका बिरामीले न्यानो पानीमा पौडी खेल्नुपनि उपयुक्त मानिन्छ ।

-सक्रिय जीवनयापन गर्ने (तर सधैं सुतिरहने र आराममात्रै गर्नु हुदैंन ।)

-चिसोबाट बच्ने र न्यानो लुगा लगाउने क्ष् सकेसम्म न्यानो, घाम आउने कोठामा बस्नुपर्छ ।

-धुम्रपान तथा मद्यपान सेवन गर्दै नगर्ने।

-चोटपटक लाग्ने, गह्रो बस्तु उठाउने जस्ता काम तथा खेलकुद खेल्नु हुदैंन ।

-अफिसियल तथा कम परिश्रम गर्नुपर्ने पेशा अपनाउनु उपयुक्त हुन्छ ।

-समयसमयमा चिकित्सकको सल्लाहबमोजिम आँखा, मुटु तथा कलोजोको जाँच गर्नुपर्छ ।

-पानी प्रशस्त मात्रामा पिउनुपर्छ । सकेसम्म मनतातो पानी पिउनुपर्छ ।

-चिसो मौसममा घाम ताप्ने, तातो झोल पदार्थ प्रशस्त मात्रामा खानुपर्छ ।

-प्रशस्त मात्रामा क्याल्सियम, भिटामिन तथा प्रोटिन भएको खानेकुरा खानुपर्छ ।

-बाक्लो सोल भएको जुत्ता, हिल प्याड र घुँडामा लगाउने प्लभभ अबउ प्रयोग गर्नु उपयुक्त हुन्छ ।

-धेरै चिन्ता लिने, हतोत्साहित हुनु हुदैन । अरूसँग सल्लाहसुझाव लिनुपर्छ ।

(बाथ रोग उपचार नगरे स्लो पोइजन सरह हुन्छ । जस्तो हृदयघात तथा पक्ष्यघात हुदाँ मान्छे आजको भोली मर्ने सम्भावना हुन्छ । तर बाथ रोगमा आजको भोली नै मान्छे मरिहाल्ने हुदैन । तर छिटै उपचार नगरे यसले मान्छेलाई अपाङग बनाउने गर्छ ।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *