गर्मी मौसममा खानपानमा दिनुहोस् विशेष ध्यान, यी कुराबाट रहनुहोस् टाढा

डिसी नेपाल
१२ वैशाख २०८१ १०:२०

काठमाडौं। गर्मीयाम सुरु हुनासाथ मानिसहरु खानपानमा सबैभन्दा ठूलो समस्याको सामना गर्छन् ।

यो चर्को गर्मीमा पनि मानिसहरु धेरै भुटेको र भारी खानेकुरा खान्छन्, जसका कारण उनीहरुको पेट खराब हुन्छ । एसिडिटी हुन्छ । उनीहरूलाई बान्ता हुन थाल्छ, चक्कर लाग्छ र सुस्त पनि लाग्छ।

यस्तो अवस्थामा यो चर्को गर्मीमा सही आहार कस्तो हुनुपर्छ, खानपानमा ख्याल गरेर कसरी आफूलाई स्वस्थ र ताजा राख्न सकिन्छ ।

गर्मीमा शरीरमा ७० प्रतिशत पानी हुने भएकाले बढीभन्दा बढी पानी पिउने प्रयास गर्नुपर्ने चिकित्सकहरु बताउँछन्। यस्तो अवस्थामा गर्मी मौसममा दिनमा २ लिटर पानी पिउनु जरुरी छ । घरमै बनाएको कागती पानी पनि पिउन सकिने पनि बताउँछन् ।

अत्याधिक पसिना आउँछ भने यसो गर्नुहोस्:
धेरै पसिना आउँछ भने कम्तीमा चार लिटर पानी पिउनुपर्ने र यो पानी सामान्य बोतलको पानी हुनु आवश्यक नभई काँचो आँपको जुस, उखुको जुस, सामान्य जुस वा कुनै पनि प्रकारको पानी पिउन सकिने बताउँछन्।

जुस पिउँदा भने सरसफाईको ख्याल राख्नुपर्छ । गर्मीमा शरीरमा पानीको कमी नहोस् भनेर मात्र प्रयास गर्नुपर्ने उनको भनाइ छ । पानीको कमी भएमा धेरै किसिमका शारीरिक रोग लाग्न सक्छ ।

गर्मीमा भुटेको तारेको खानेकुरा नखाने:
खानाको कुरा गर्ने हो भने गर्मीमा फास्टफुड, जङ्कफुड, फ्राइड फुडजस्ता भारी खानेकुरा कम खानुपर्ने चिकित्सक बताउँछन् । यसले उनीहरुको पेट दुख्दैन र उनीहरु बिरामी पर्दैनन् ।

गर्मी मौसममा सकेसम्म हलुका खानेकुरा खानुहोस् जुन छिट्टै पाचन हुन्छ । किनभने गर्मीमा मेटाबोलिजमले बिस्तारै काम गर्छ। जसले गर्दा खाना ढिलो पच्ने गर्छ । हलुका खाना खाएमा खाना सही समयमा पच्नेछ र स्वस्थ रहन्छ । उनले आहारमा फलफूलको मात्रा सकेसम्म बढाउनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *