बागमती प्रदेशमा आज सार्वजनिक विदा

डिसी नेपाल
२४ वैशाख २०८१ ७:४५

काठमाडौं। बागमती प्रदेश सरकारले आज सोमबार प्रदेशभर सार्वजनिक विदा दिएको छ।

प्रदेशभरको सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजको लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

आज काठमाडौंको वसन्तपुरमा भव्य कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशभर कामकाजी भाषाको रूपमा तामाङ र नेपाल भाषाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *