सुनको मूल्य तोलामा एक हजारले गिरावट
काठमाडौं। अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ। सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ।
आज सुन प्रतितोलामा एक हजारले घटेर रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्यमा पनि प्रतितोला ३० ले गिरावट भएको छ।
आज प्रतितोला चाँदी रू एक हजार सात सय ६५ मा कारोबार भएको छ। सोही परिमाणको चाँदी सोमबार एक हजार सात सय ९५ मा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment