प्रियंका र निकको इन्गेजमेन्ट सार्वजनिक

डिसी नेपाल
२ भदौ २०७५ १३:१३

एजेन्सी । ३६ वर्षीय बलिउडकी जंगली बिल्ली प्रियंका चोपडा र २५ वर्षीय अमेरिकन गाएक, एक्टर निक जोनसबीच मगनी पहिल्यै भए पनि शनिबारमात्र यसको औपचारिक जानकारी दिइएको छ।

प्रियंका र निक दुबैले सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटोसहित मगनीको सार्वजनिक गरेका हुन्। मुम्बैमा शनिबारै मगनीको पार्टी पनि दिएका छन्। निकले इन्स्टाग्राममा लेखेका छन, ‘फ्यूचर मिसेज जोनस…मेरा दिल, मेरी जान।’

उता प्रियंकाले पनि सोही फोटो पोस्ट गर्दै लखेकी छन्, ‘कबूल….दिलकको गहिराइसहित।’ दुबैले यो पोस्ट गरेपछि सामाजिक सञ्जालमा बधाई दिनेको पनि आइरो लागेको छ। ऋतिक रोशन, रणवीर सिंह, आलिया भट्ट, सानिया मिजर्Þा, वरुण धवन, इलियाना डीक्रुज, डायना पेन्टीसहित कर्यौं सेलेब्सले बधाई दिएका छन्। निकले प्रियंकालाई लगाई दिएको मगनी औंठी करिब अढाई करोड नेपाली रुपैयाँ बराबरको भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *