भारतविरुद्धको अन्तिम टेस्टका लागि अष्ट्रेलियाको प्लेइङ ११ घोषणा

डिसी नेपाल
१८ पुष २०८१ १३:१८

काठमाडौं । अष्ट्रेलियाले बोर्डर–गावस्कर ट्रफीको पाँचौं तथा अन्तिम टेस्ट म्याचमा भारत विरुद्धको प्लेइङ इलेवनको घोषणा गरेको छ ।

अष्ट्रेलियाको क्रिकेट टोलीले मिचेल मार्सको स्थानमा ब्यु वेबस्टरलाई खेलाइने छ । यो ब्यु वेबस्टरको डेब्यु खेल हुनेछ।

अष्ट्रेलियाको प्लेइङ इलेभेनमा उस्मान ख्वाजा, साम कोन्स्टास, म्यानर्स लाबुस्चेन, स्टिभ स्मिथ, ट्राभिस हेड, एलेक्स केरी, प्याट कमिन्स (कप्तान), नाथन लियोन, मिचेल स्टार्क, स्कट बोल्याण्ड, ब्यू वेबस्टर छन् ।

बोर्डर–गावस्कर ट्रफी सिरिजमा खेलिएका चार खेलमध्ये अष्ट्रेलियाले दुई खेलमा जित निकालेको छ भने भारतीय क्रिकेट टोलीले एउटा मात्र खेल जित्न सकेको छ भने एक खेल बराबरीमा रोकिएको छ ।

यस्तो अवस्थामा सिरिजको पाँचौं र अन्तिम टेस्ट म्याच भारतका लागि निकै महत्वपूर्ण हुनेछ । सिरिज बराबरी गर्न भारतले यो टेस्ट जित्नैपर्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *