एन्फा महिला लिगमा आर्मीको सहज जीत
काठमाडौं। एन्फा महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लबले जीत हासिल गरेको छ। नेपाल फुटबल संघ (एन्फा)को राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आर्मी सुखद सुरुवात गरेको हो।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहिबार आर्मीले बागमती युवा क्लबविरुद्ध २–० को सहज जित निकाल्यो। आर्मीलाई जित दिलाउन दुवै गोल बिमला चौधरीले गरेकी थिइन्। उनले खेलको पहिलो र दोस्रो हाफमा एक–एक गोल गरेकी हुन्।
विमलाले खेलको २५औं मिनेटमा विमला विकको पासलाई सदुपयोग गरेर पहिलो गोल गरेकी थिइन् भने दोस्रो हाफको ७१औं मिनेटमा विमलाले फेरी दोस्रो गोल गर्दै आर्मीलाई सहज जीत दिलाएकी हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment