आज मौसममा सामान्य बदलीभइ केही स्थानमा वर्षा हुने

डिसी नेपाल
३ भदौ २०७६ १०:३९

काठमाडौं । मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमै रहेकाले आगामी बिहीबारसम्म मौसममा सामान्य बदली भई पुर्वी तथा पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मुलुकका अधिकांश स्थानमा मंगलबार सामान्य बदली रही मध्य, पूर्व र पश्चिमी पहाडी क्षेत्रमा मेघ गर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुनेछ।

त्यस्तैगरी बिहीबारसम्म पश्चिमी तथा पूर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिलेपनि देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा भईरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *