माओवादी स्थायी कमिटी बैठक बस्दै
काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ।
शनिबार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएपछि आज बस्न लागेको हो। बैठक बिहान ८ः०० बजे बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।
आज दिउँसोदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा पेश गर्न लागेको ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि सो बैठक बस्दैछ।
बैठकले केन्द्रीय समितिका एजेन्डालाइ पनि अन्तिम रूप दिँदैछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment