प्रधानमन्त्री बालेनलाई टर्किएका राष्ट्रपतिबाट कोप–३१ मा सहभागी हुन निम्तो
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले औपचारिक निमन्त्रणा पठाएका छन् ।
बुधबार सिंहदरबारमा भएको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई उक्त निमन्त्रणा प्राप्त भएको जानकारी गराएका हुन्।
सहसचिव ढकालका अनुसार परराष्ट्र मन्त्रालयमा प्राप्त भएको उक्त निमन्त्रणा पत्र आवश्यक प्रक्रियाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइिसकिएको छ। यद्यपि, शिखर सम्मेलनमा नेपालको तर्फबाट कुन तहको सहभागिता रहने भन्ने विषय हालसम्म टुंगो लागिसकेको छैन र मन्त्रालय त्यसको प्रतीक्षामा रहेको उनले बताए।
जलवायु परिवर्तनसम्बन्धी बहुप्रतिक्षित कोप–३१ सम्मेलन आगामी २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्किएकको अन्ताल्यामा आयोजना हुँदैछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment