कीर्तिपुर नगरपालिकामा २ माघमा भूकम्प सुरक्षा दिवस मनाइने

डिसी नेपाल
२८ पुष २०८१ १६:२६
156
Shares

काठमाडौं । हरेक वर्ष माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवसअन्तर्गत यस वर्षको मूल समारोह कीर्तिपुर नगरपालिकामा आयोजना हुने भएको छ।

सहरी विकास तथा भवन निर्माण विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ भन्ने नाराका साथ यस वर्षको भूकम्प सुरक्षा दिवस कीर्तिपुरमा मनाउन लागिएको जनाएको हो।

दिवसका अवसरमा मूल समारोह समितिले आयोजना गर्ने उक्त कार्यक्रमका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थिति रहने विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिए।

कीर्तिपुरस्थित विपी कोइराला मेमेरियल विज्ञान संग्राहलय परिसरमा हुने कार्यक्रमअघि कीर्तिपुरका विभिन्न स्थानबाट जनचेतनामूलक र्‍याली निकालिने उनले बताए।

दिवसका अवसरमा मूल समारोहका साथै देशैभर गोष्ठी छलफल, र्‍याली अन्तक्र्रिया, प्रदर्शनीलगायतका कार्यक्रमको आयोजना समेत गरिएको महानिर्देशक महर्जनले जानकारी दिए।

भूकम्पीय जोखिम न्यूनिकरण गर्न पूर्व तयारीदेखि भूकम्प पश्चातको पुनस्र्थापनासम्मका कार्य विभिन्न निकायबाट प्रभावकारी रुपमा भइरहेको विभागले जनाएको छ। वि.सं. १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झनामा वि.सं. २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *