कपिलवस्तुमा बैंकबाट निकालेको ३ लाख रुपैयाँ लुटेर फरार
सांकेतिक तस्बीर
काठमाडौं । कपिलवस्तुमा दिउँसै ३ लाख लुटेर २ जना फरार भएका छन्।
मंगलबार राष्ट्रिय वाणिज्य बैंकबाट ३ लाख रुपैयाँ निकालेर आएका रामकुवेर धोबीको रुपैयाँ बाटोमै २ जना अपरिचित व्यक्तिले लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुनिल मल्लले जानकारी दिए।
डिसी नेपालसंग कुरा गर्दै मल्लले भारतीय नं प्लेटको मोटरसाइकलमा आएका अपरिचित २ जनाले धोबीको पैसा लुटेकाे बताए। उनले फरार लुटेराहररुकाे खाेजी कार्यका लागि प्रहरी परिचालन गरेकाे जानकारी दिए।
उनका अनुसार आज मंगलबार दिउँसो १ बजे २ लुटेराहरुले बैंकबाट पैसा निकालेर आएका धाेवीकाे पैंसा लुटेर फरार भएका थिए। उनीहरुकाे खाेजी कार्यका लागि ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment