तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै
खाँदबारी (सङ्खुवासभा)। यहाँस्थित खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रित कप फुटबलको फाइनलमा झापाको चुलाचुली क्लब प्रवेश गरेको छ।
चुलाचुलीले मंगलबार हुने फाइनल खेलमा आयोजक तीनपोखरी क्लबसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। आज खाँदबारी रंगशालामा भएको दोस्रो सेमीफाइनलमा एपिएफ कोशी प्रदेशलाई टाइबे्रकरमा ४–२ गोलले हराउँदै चुलाचुली फाइनलमा पुगेको हो। निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइबे्रकरमा पुगेको थियो।
फाइनलमा पुगेको आयोजक तीनपोखरी क्लबले मोरङको बुल्स ११ लाई १–० गोलले हराएको थियो। प्रतियोगितामा आठ क्लब सहभागी थिए। प्रतियोगिताको विजेताले ट्रफीसहित नगद रु दुई लाख २५ हजार प्राप्त गर्नेछ । उपविजेताले नगद रु एक लाख १० हजार पाउने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment