भाटभटेनीलाई १० हजार जरिवाना
काठमाडौं । चापागाउँदोबाटोको भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना तोकिएको छ। संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले भाटभटेनीको उक्त शाखालाई जरिवाना तोकेको हो।
ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन समितिले भाटभटेनीलाई सोमबार १० हजार रुपैयाँ जरिवाना गरेको हो।
म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज गुणस्तर जाँचका लागि पठाएर बाँकी अचार जफत गरिएको छ। अहिले सचेतनाका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ बमोजिम १० हजार मात्रै जरिवाना तोकिएको घिमिरेले जानकारी दिइन्।
ललितपुरको जिल्लाको संयुक्त बजार अनुगमन समितिमा उद्योग तथा वाणिज्य कार्यालय, नेपाल पत्रकार महासंघलगायतका प्रतिनिधि थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment