तनहुँको सेती नदीमा ट्रिपर डुबेको अवस्थामा फेला, चालक बेपत्ता
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ बेतेनीस्थित सेती नदीमा एक ट्रिपर डुबेको अवस्थामा फेला परेको छ। शनिबार दिउँसो करिब २:०० बजे नदीमा ट्रिपरको ढाला मात्र देखिएपछि स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खबर गरेका थिए।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरीका अनुसार उक्त ट्रिपर तनहुँमा जलविद्युत् आयोजनाको निर्माण कार्य गरिरहेको कालिका कन्स्ट्रक्सन प्रालिको ना १ क ७२४७ नम्बरको रहेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले कालिका कन्स्ट्रक्सनकै सवारी चालक हाल सम्पर्कविहीन रहेको जानकारी दिए। “प्रहरी टोलीले घटनास्थलमा पुगेर स्थिति बुझ्ने र बेपत्ता चालकको तीव्र खोजीका साथै घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ,’’ उनले भने। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment