तीनपोखरी कप फुटबलको उपाधी झापाको चुलाचुली क्लबलाई
संखुवासभा। संखुवासभाको खाँदबारीमा सम्पन्न दोस्रो तीनपोखरी आमन्त्रित कप फुटबलको उपाधी झापाको चुलाचुली क्लबले जितेको छ।
खाँदबारी रंगशालामा मंगलबार भएको फाईनल खेलमा चुलाचुलीले आयोजक तीनपोखरीलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो। पहिलो हाफको १० औ मिनेटमा तीनपोखरीका खेलाडीले डि एरियामा फल गरेपछि पेनाल्टी सुटआउटबाट चुलाचुलीका तीर्थ बस्नेतले गोल गरेर अग्रता दिलाएका थिए। दोश्रो हाफको ७ औ मिनेटमा तीनपोखरीका तर्फबाट मिक्सनल लिम्बुले गोल गरेपछि खेल बराबरीमा आएको थियो। १४ औ मिनेटमा निश्चल बस्नेतले गरेको गोल चुलाचुलीका लागि निर्णायक बनेको थियो।
विजेतासँगै चुलाचुलीले २ लाख २५ हजार पुरस्कार पाएको छ। उपविजेता बनेको आयोजक तीनपोखरी क्लबले १ लाख १० हजारमा चित्त बुझाएको छ। सेमिफाईनलमा पुगकेको एपीएफ कोशी प्रदेश र मोरङको बुल्स ११ ले २५ हजार पुरस्कार पाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment