सुनको मूल्य बढ्यो
काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ४०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार रुपैयाँ कायम रहेको थियो।
यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १८ सय ३० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय २० रुपैयाँ कायम रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment