वाईल्ड लाइफ फोटोग्राफर शेर्पाको अन्तिम विदाइ

डिसी नेपाल
२ माघ २०८१ १४:१३
268
Shares

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले आजीवन सदस्य तथा वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पालाई अन्तिम श्रद्धाञ्जली दिएको छ।

दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तसहित संस्थाका पदाधिकारी, सदस्यहरूले एनएफपीजेको झण्डा ओडाएर सम्मानसहित अन्तिम विदाइ गरेका हुन्।

शेर्पाको आज बुधबार काठमाडौंको टेकु दोभानमा शेर्पा संस्कार अनुसार अन्त्येष्टि गरिएको छ।

उनको आइतबार राति उपचारको क्रममा काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा ६४ वर्षको उमेरमा निधन भएको थियो।

शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका वाइल्ड लाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफीसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *