४३१ किलोग्राम रक्तचन्दनसहित पक्राउ परेका दुई जनाको सनाखत
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलाबाट ४ सय ३१ किलोग्राम रक्तचन्दनसहित मंगलबार राति प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ घर भएका ४० वर्षीय ज्ञान बहादुर तिमिल्सिना र काठमाडौं महानगरपालिका-१४ बस्ने ४१ वर्षीय रमेश थापा छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको टहरामा १३ वटा बोराभित्र रहेको उक्त परिमाणको काठ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment