विभिन्न कार्यक्रम गरी मनाइयो भूकम्प सुरक्षा दिवस
काठमाडौं । २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।
‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित सरकारले काठमाडौंको कीर्तिपुरमा विशेष गरी भूकम्प सुरक्षा दिवस मनाएको हो। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्व तयारी गरिनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले २०७२ सालको भूकम्पपछि पुनः निर्माण भएका एकीकृत बस्तीमा तुलनात्मकरुपमा सुरक्षाको स्थिति रहेको बताए।
उनले एकीकृत बस्तीमा रोजगारी र आय आर्जनको वातवरण भने कम हुने स्थिति नहुने गरी आगामी दिनमा पुनः विचार गर्नुपर्नेमा जोड दिए। उनले माघ महिनालाई भूकम्पीय सुरक्षाको स्मरणका साथै नेपालको लोकतन्त्र प्राप्तिको आन्दोलनको संघर्षमा होमिएका सहिदको स्मरणको महिनाका रुपमा पनि लिइएको बताए।
वि.सं. १९९० साल माघ २ गतेका दिन गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि सरकारले हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment