पेट्रोलियम पदार्थको मूल्य बढ्यो

डिसी नेपाल
२ माघ २०८१ २०:३८
504
Shares

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँले मूल्य बढाइएको छ।

नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रोमा १५६ रुपैयाँ भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *