न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाई प्रक्रिया सुरु
काठमाडाैं। संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाई प्रक्रिया सुरु गरेको छ। बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले खड्काको सुनुवाईका लागि सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
खड्का विरुद्ध कुनै सूचना वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानले जानकारी दिइन्।
पौष २७ गते बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो।
संसदीय सुनवाइबाट अनुमोदित भएपछि खड्का परिषद् सदस्य नियुक्त हुने प्रक्रिया रहेको छ। यसअघि सदस्य रहेका रामप्रसाद श्रेष्ठले पुस १५ गते अवकाश पाएपछि सदस्य पद रिक्त रहेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment