एक युवकले दिदीको अश्लील भिडियो बहिनीको मेसेन्जरमा पठाएपछि
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौंको बौद्ध नयाँ बस्ती बस्ने वर्ष ३१ को सरोज कटुवाल रहेका छन्।
कटुवालले दिदीसँग प्रेम सम्बन्धमा रहँदा जानकारी र सहमतिबिना खिचेर राखेका अश्लील भिडियो तथा तस्विरहरू बहिनीको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेका थिए।
त्यसपछि पीडित महिलाले आवश्यक कारबाही गरी पाउँ भनी ब्यूरोमा निवेदन दिएकी थिइन्।
प्राविधिक विश्लेषणसहितको अनुसन्धानपछि उक्त कार्यमा सलंग्न कटुवाललाई पुस २९ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment