यु-१९ महिला विश्वकप क्रिकेटः बंगलादेशविरुद्ध जित निकाल्ने लक्ष्यमा नेपाल
काठमाडौं। मलेसियामा आयोजना हुने आइसिसी यु-१९ महिला विश्वकप क्रिकेटमा नेपालले बंगलादेशको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ।
पहिलो पटक विश्वकपमा सहभागिता जनाएको नेपालले बंगलादेशविरुद्ध जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ। उक्त खेल नेपाली समयअनुसार शनिबार दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ।
गत वर्षको नोभेम्बरमा युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको विश्वकपका लागि एसियाली छनोट खेल भएको थियो। उक्त खेलमा नेपाल विश्वकपका लागि छनोट भएको हो। त्यतिबेला नेपाल पहिलो खेलमा युएईसँग पराजित भएको थियो भने अन्तिम खेलमा नेपालले युएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो।
विश्वकप छनोटसँगै पहिलो पटक आयोजना हुन लागेको यु–१९ महिला एसिया कपमासमेत नेपाल सहभागी हुने अवसर पाएको हो। विश्वकपमा विभिन्न १६ राष्ट्रको सहभागिता रहेको छ। जसलाई चार समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ।
नेपालको समूहमा स्कटल्यान्ड, बंगलादेश र अस्ट्रेलिया छन्। नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग खेल्नछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ।
यसैगरी प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासहित साविक विजेता भारत, श्रीलंका र वेस्ट इण्डिज छन्। त्यस्तै समूह ‘बी’ मा इग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छ्न। समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।
प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गनेछन्। सुपर सिक्समा समान छ देशको दुई समूह हुनेछ। सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इण्डिजसँग खेल्न पाउने सम्भावना रहनेछ। सुपर सिक्सका दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
नेपाली टोलिमा कप्तान पूजा महतोसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा र सावित्रा धामी छन्। त्यस्तै तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सनिका मरासिनी, रचना चौधरी र अनु कडायत छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment