टिपर दुर्घटनामा एक जनाको मृत्यु, चार गम्भीर घाइते
काठमाडौं । स्याङ्जामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइते भएका छन्। कुश्मा नगरपालिका-१४ पर्वतका ३७ वर्षीय चन्द्रबहादुर नेपालीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।
कृषिबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर गएराति ११ बजे दुर्घटना भएको हो।
शारदा नगरपालिका- ७ सल्यानका १५ वर्षीय हरि परियार, आँधी खोला गाउँपालिका वडा नं. २ ओहियाका ३३ वर्षीय कमल नेपाली, राप्ती नगरपालिका वडा नं.–६ भण्डारा, चितवनका ४१ वर्षीय प्रकाश विक, सुमित्रा विक गम्भीर घाइते भएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानाकारी दिए। उनीहरूको उपचार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भइरहेको छ।
टिपर सडकबाट करिब ५० मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान अगाडि बढाएको श्रेष्ठले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment