हात्तीको आक्रमणबाट सुन्दरहरैचामा एक जनाको मृत्यु
बिराटनगर । मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। आज राति लगभग १ बजेतिर घरबाहिर निस्केको बेलामा सुन्दरहरैचा-८ भृकुटीटोलका ७३ वर्षीय हरी प्रसाद घिमिरेलाई जंगली हात्तीले आक्रमण गरेको थियो।
हात्तीको आक्रमणबाट घिमिरेको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घिमिरेलाई आक्रमण गर्ने हात्ती भने जंगलतर्फ नै फर्किएको उनीहरूले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment